विपी राजमार्ग पुनर्निर्माणका लागि नेपाल–जापानबीच २ अर्ब ६० करोड अनुदान सम्झौतामा हस्ताक्षर

काठमाडौँ- वि.पी. राजमार्गको बाढी प्रभावित भागको पुनर्निर्माण तथा मर्मतसम्भारका लागि नेपाल सरकार र जापान सरकारबीच आज अनुदान सम्झौतामा हस्ताक्षर गरिएको छ। अर्थ मन्त्रालयमा अर्थमन्त्री रामेश्वर प्रसाद खनाल र गृहमन्त्री ओम प्रकाश अर्यालको उपस्थितिमा हस्ताक्षर सम्पन्न भएको हो। महोत्तरीको बर्दिबासदेखि काभ्रेपलाञ्चोकको धुलीखेलसम्म १५९ किलोमिटर लम्बाइ भएको वि.पी. राजमार्ग नेपालको महत्वपूर्ण राष्ट्रिय मार्ग हो, जसको निर्माण पनि…