एउटै स्थानीय तहमा भित्रियो ५२ करोड बढी रेमिट्यान्स

उदयपुर । कटारी नगरपालिकामा वैदेशिक रोजगारीमा गएकाहरूबाट एक वर्षमा रु ५२ करोड १३ लाख विप्रेषण भित्रिएको छ । गत आर्थिक वर्ष २०७९÷८० मा नगरपालिकाबाट एक हजार नौ सय ६७ जना वैदेशिक रोजगारीमा गएका छन् । त्यसैगरी सो आर्थिक वर्षमा चार सय ६४ जना वैदेशिक रोजगारीबाट फर्किएका छन् । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिल किरातीका अनुसार…