ढोरपाटन (बागलुङ) - जिल्लाको जैमिनी नगरपालिका–७ जैदी धुल्लुका ७४ वर्षीय मोहराज उपाध्यायले ३१ वर्षदेखि निरन्तर मौरीपालन व्यवसाय गर्दै आएका छन्। मौरीपालनबाट उनले वार्षिक रु १२ देखि रु १५ लाखसम्म आम्दानी गरिरहेका छन् । घर्कँदो उमेरमा पनि उनी हट्टाकट्टा देखिन्छन् । काम गर्ने जोस जाँगर पनि उनमा युवाको जत्तिकै छ । उपाध्यायको घरका बार्दली र बारीका…