लुम्बिनी । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको पूर्ण रुपमा सञ्चालनको माग गर्दै सिद्धार्थ सञ्जाल, रुपन्देहीले दबाबका कार्यक्रम गर्ने भएको छ । सञ्जालले सोमबार भैरहवामा पत्रकार सम्मेलन गरी दबाबमूलक कार्यक्रम गर्ने जनाएको छ । विमानस्थल नियमित सञ्चालन गर्न पटकपटक आग्रह तथा दबाबमूलक कार्यक्रम गर्दा पनि सरकार मौन रहेकाले सरकारसँग अन्तिम लडाइको रूपमा आन्दोलन गर्नुपरेको सञ्जालका अध्यक्ष अनिल…