काठमाडौँ । हायात होटलले सेवा बन्द गरेर कर्मचारी प्रवेशमा निषेध गरेको भन्ने खबर आएपछि प्रधानमन्त्री सुशीला कार्कीले चासो व्यक्त गरेकी छन्। प्रधानमन्त्रीको चासोपछि अर्थमन्त्री रामेश्वर खनालले आज बिहान हायात रिजेन्सीको व्यवस्थापनसँग कुरा गरी जानकारी लिएका छन् । अर्थमन्त्री खनालले कुराकानीको क्रममा सुरक्षाको पूर्ण प्रत्याभूति दिन सरकार तयार रहेको र कत्ति पनि विचलित नभई सेवा सुचारु…