बारीभित्रै पाल हालेर रातभर जाग्राम बस्छन् कृषक

अछाम । अछामका कृषक मकै बाली जोगाउन रातभर जाग्राम बस्ने गरेका छन् । पाक्नै लागेको मकै बाली जंगली जनावरले खान थालेपछि किसान मकै बारीभित्रै पाल हालेर रातभर जाग्राम बस्दै आइरहेका छन् । “मकै बाली दिनभर बाँदरले, रातभर बँदेलले खाएर हैरान पार्छन्, सुत्नसमेत पाइँदैन”, मंगलसेन नगरपालिका–७ का कृषक दुर्गाप्रसाद ढुंगानाले भने । किसानले मकै जोगाउन बारीभरि…