एकैदिन ५ सयले बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । मंगलबार सुनको भाउ बढेको छ । सोमबारको तुलनामा मंगलबार सुनको भाउ तोलामा ५ सय रुपैयाँले बढेको हो । सोमबार १ लाख १२ हजार ५०० रुपैयाँमा कारोबार भएको सुन आज १ लाख १३ हजारमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजाबी सुनको मूल्य १ लाख १२ हजार ४५० कायम भएको छ…