मुस्ताङ। मुस्ताङको थासाङ गाउँपालिका-३ धम्पु गाउँ नजिकैबाट देखिने कालीगण्डकी नदी र पृष्ठभूमिमा उभिएको मानापाथी हिमालको सुन्दर दृश्यले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गरिरहेको छ। बेनी-जोमसोम-कोरोला सडकखण्डमा पर्ने यो मनोरम दृश्य प्रकृति प्रेमी र पर्यटकका लागि प्रमुख गन्तव्य बनेको छ। कालीगण्डकी नदीको किनारमा बग्ने स्वच्छ पानी र मानापाथी हिमालको हिउँले ढाकिएको शिखरले यहाँको प्राकृतिक सौन्दर्यलाई थप…