तनहुँ । तनहुँको ऋषिङ गाउँपालिका-१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाले सामुदायिक विकास कार्यक्रमअन्तर्गत साउन र भदौमा पाँच योजना सम्पन्न गरेको छ । ऋषिङ गाउँपालिका-१ र म्याग्दे गाउँपालिका-१ लिवाङखोला जोड्ने झोलुंगे पुल मर्मत, ऋषिङ-१ स्थित ठाँटी निर्माण तथा दुले लोक्मा पैदल मार्ग निर्माण, व्यास नगरपालिका-१ स्थित सेती छाब्दी घाट संरक्षण, ऋषिङ-१ स्थित तल्लो…