विदेशको कमाइ छाडेर कृषिमा रमाएका देउकुमार

झापा - “देशमै केही गर्न सकिन्छ भन्ने विश्वास लिएर फर्किएको थिएँ”, देउकुमार लिम्बुले विगत सम्झिँदै मुस्कुराएर भने “अहिले त्यो निर्णय मेरो जीवनको सही निर्णय साबित भएको छ” । देउकुमार लिम्बुको कथा सुन्दा लाग्छ, इच्छाशक्ति, परिश्रम र देशप्रतिको माया भएमा विदेशिनै पर्छ भन्ने जरुरी छैन । यहाँको भद्रपुर नगरपालिका–१ का उनी हाल ‘लिङ्देन कृषि फार्म’ सञ्चालन गरिरहेका…