काठमाडौं । एनआईएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योति प्रकाश पाण्डेयको पक्राउलाई लिएर नेपाल बैंकर संघले आकस्मिक बैठक बोलाएको छ । धितो लिलामीको कानुनी अधिकार प्रयोग गरेको विषयमा बैंकरलाई पक्राउ गरिएको भन्दै संघले अहिले आकस्मिक बैठक बोलाएको हो । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ‘ठगी तथा आपराधिक विश्वासघात’सम्बन्धी कसुरको आरोपमा अनुसन्धानका लागि सीईओलाई पक्राउ गरेको उल्लेख…