सुनको भाउले राख्यो नयाँ रेकर्ड

काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको भाउ नयाँ रेकर्डमा पुगेको छ । बुधबारको तुलनामा १ हजारले बढेर सुनको भाउ इतिहासकै महङ्गो बनेको हो । बुधबार १ लाख ३३ हजारमा कारोबार भएको सुन आज १ लाख ३४ हजार रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो मूल्य नेपाली बजारमा हाल सम्मकै उच्च हो…