बुटवलले गर्‍यो सार्वजनिक सेवा प्रवाहका सन्दर्भमा सार्वजनिक सुनुवाई

बुटवल । बुटवल उपमहानगरपालिकाले सार्वजनिक सेवा प्रवाहका सन्दर्भमा सार्वजनिक सुनुवाई गरेको छ। पुस २९ गते आइतबार बुटवल १७ मा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागी स्थानीयले नगरको सेवाप्रवाह, विकास निर्माणका साथसाथै बुटवलभित्रका संघ, प्रदेश कार्यालयहरु, विद्युत, सुरक्षा निकाय, मालपोत र नापी, सडक डिभिजन कार्यालय, खानेपानी, ढल निकासलगायतका विषयमा धारणा राखेका थिए। बुटवलमा पछिल्लो समय चोरीका घटनाहरु…