धेरै वाणिज्य बैंकले माघ महिनाका लगि घटाए व्याजदर, कुन बैंकले कति व्याज दिने ?

काठमाडौं। माघ महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। धेरैजसो बैंकहरुको ब्याजदर पुस महिनाको तुलनामा घटेको छ । पुस महिनामा ८.९९ प्रतिशतविन्दु रहेको २० वाणिज्य बैंकहरुको व्यक्तिगत मुद्दति निक्षेपको औषत ब्याजदर माघ महिनामा ८.१६ प्रतिशतविन्दुमा झरेको छ। बैंकहरुको औषत ब्याजदर ०.८२ प्रतिशतविन्दु घटेको हो। वाणिज्य बैंकहरुमध्येमा सिटिजन्स बैंकको ब्याजदर सबैभन्दा बढी रहेको छ।…