काठमाडौँ । नेपालबाट राँगाभैंसीको मासु चीन निर्यात गर्न सम्झौता भएको छ । नेपालबाट राँगाभैंसीको मासु चीन निर्यात गर्ने विषयमा हिमालयन फुड इन्टरनेसनल प्रालि र चीनको सांघाई जियान फुड प्रालिबीच सम्झौता भएको हो । सोमबार भएको दुई पक्षीय सम्झौता कार्यक्रममा कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले नेपाल-चीनबीच पशुजन्य उत्पादनको व्यापार सहजीकरणमा यो सम्झौता कोशेढुंगा हुने बताए…