बहुचर्चित गीत ‘काफ्ले’की गायिका झुमा लिम्बूको नयाँ गीत सार्वजनिक भएको छ । ‘कर्नाली सलल’ बोलको गीत झुमाले आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरेकी हुन् । कर्णाली प्रदेशको स्थानीय लवजमा रहेको गीत स्थानीय परिवेशलाई समेट्दै प्रेममा केन्द्रित छन् । उमेरमै माया–प्र्रेम र घरबार बसाएको राम्रो भन्ने प्रेमिल गीतको मुख्य आकर्षण भनको आञ्चलिक लय हो । कर्णालीका स्थानीयले…