‘द ब्ल्यू लाइट’को गीत ‘कुन हावाले’मा धोका र पीडा

चलचित्र ‘द ब्ल्यू लाइट’को गीत सार्वजनिक भएको छ । निर्माण पक्षले आज युट्युब च्यानल ‘मौरी पिक्चर्स’मार्फत चलचित्रको गीत सार्वजनिक गरेको हो । ‘कुन हावाले’ बोलको गीतमा सितुस्मा अधिकारीको शब्द, एसडी योगीको संगीत र सलिना बिकेको स्वर रहेको छ । सपना साकार हुन नपाउँदै भत्किएको संसार गीतमा सुन्न सकिन्छ । वाचा बाँधेर पूरा नगरी हिँड्नेहरूको कथा…