निर्देशक एवम् लेखक सरोज पौडेलले अल्पसङ्ख्यक जाति गन्धर्व परिवारको कथामा फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ बनाएका छन् । फिल्म गन्धर्व परिवार बाबु–छोराको सम्बन्धकेन्द्रित रहेको पौडेल बताउँछन् । फिल्ममा अभिनेता विजय बराल ‘गन्धर्व पूर्णबहादुर’को भूमिकामा छन् । उनको जोडी ‘बाटुली’को भूमिकामा नायिका अञ्जना बराइली छिन् । यो फिल्म कात्तिक १५ देखि प्रदर्शनमा ल्याइँदैछ । चाडबाड चलिरहँदा पनि कलाकारहरू…