काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ‘ड्रिम प्रोजेक्ट’का रूपमा लिइएको लुम्बिनीमा बन्न लागेको बुद्ध विहारको भूमि पूजा गरिएको छ । आइतबार रुपन्देहीस्थित लुम्बिनी गुरुयोजनास्थलको परिसरमा भूमिपूजा गरिएको विहार निर्माणको ठेक्का लिएका निर्माण व्यवसायी प्रकाशकुमार श्रेष्ठले बताए । विहार फक्रिएको कमलको फूलको आकारमा निर्माण हुनेछ । बौद्ध धर्म गुरुहरूले भूमि पूजाका क्रममा विहारको जग खनेका छन्…