गरे के हुँदैन ? २ वर्षकाे याेजना, ५ महिनामै ८० प्रतिशत काम सकियाे

म्याग्दी । उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर सडक योजनाअन्तर्गत बेनी–गलेश्वर सडक स्तरोन्नतिको काममा भएको भौतिक प्रगतिले चौतर्फी प्रशंसा बटुलेको छ । कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको बेनी नगरपालिका–८ कालीपुलबाट वडा नं ९ गलेश्वर जोड्ने बेनी–गलेश्वर खण्डमा ५ महिनामा ८० प्रतिशत भौतिक प्रगति भएको हो । जिल्लामा भित्रिएका ठुला योजनामा ढिलासुस्ती, अलपत्र र समयमै सम्पन्न…