‘चिप्लिएर यातायात साधन चढ्नै नसक्ने अवस्था छ, कहाँ गएर ठुलो दुर्घटना हुने हो थाहा छैन’

रामेछाप । निर्माणाधीन सेलेघाट–रामेछाप–साँघुटार सडकको काम निर्माण व्यवसायीले अलपत्र पारेपछि सो सडकमा गुड्ने यात्री र यातायात साधनले सास्ती खेप्नु परेको छ । सडकको पुरानो संरचना भत्काएर लथालिङ्ग पारी छाडेपछि रामेछाप र ओखलढुङ्गाको लिखु क्षेत्रबाट काठमाडौं आउजाउ गर्ने यातायात साधन जोखिममा परेका छन् । रामेछापको मन्थली नगरपालिका–६ सेलेघाटदेखि रामेछाप नगरपालिकाको रामेछाप बजार हुँदै ओखलढुङ्गाको सिमाना लिखु…