इलाम । बर्खा लागिसक्दा इलामको नेपालटार–मंगलबारे सडकखण्डको चौतर्फी आलोचना सुनिन्छ । नहोस् पनि किन, बर्खा लागिसक्दा यो रुटमा बाटो कम, लेदो ज्यादा भेटिन्छ । ठाउँ–ठाउँमा हिलो माटोका कारण गाडी, मोटरसाइकल भासिएर गन्तव्यमा पुग्दा रोपाइँ सकेर फर्किएको भान यात्रु र चालकलाई हुने गर्छ । यो समस्या हिजोआज मात्रै निम्तिएको भने होइन, दशकौँदेखि साँखेजुङ, शान्तिडाँडा, मंगलबारे र…