अवैध उत्खननमा पालिकाकै प्राेत्साहन, मेयर-उपमेयर ‘टसल’ले नियमित काममै समस्या

महाेत्तरी । २०७९ साल पुसमा महोत्तरीको गौशाला नगरपालिकाले अमानतमा नदीजन्य पदार्थ निकाल्नुपरेको भन्दै मरहा खोलामा जेसिबीसहित केही ट्याक्टर पठाएर उत्खनन गर्‍यो । ठेक्का लगाएर व्यवस्थित गर्नुको सट्टा विकास निर्माणको कारण देखाएर बिनाअनुमति उत्खनन भएपछि जेसिबीसहित ५ वटा ट्याक्टरलाई प्रहरीले नियन्त्रण लियो । ढुंगा, गिट्टी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापनसम्बन्धी ऐन २०७९ अनुसार स्थानीय सरकारले समेत…