खोटाङको चखेवाभन्ज्याङ–सेखुवा सडक ८ वर्षमा पनि भएन कालोपत्रे

खोटाङ । मध्यपहाडी लोकमार्ग अन्तर्गत खोटाङको चखेवाभन्ज्याङ–सेखुवा सडक कालोपत्रे गर्न ठेक्का लागेको आठ वर्ष पुगेको छ । भारत कन्स्ट्रक्सन÷मैनाचुली÷सिद्धिशाहीले २०७२ चैत २ गतेसडक कालोपत्रे गर्ने जिम्मा लिएको थियो । सम्झौतामा २०७५ फागुन ३० गते काम सम्पन्न गर्नुपर्ने उल्लेख गरिए पनि सडक अहिलेसम्म अलपत्र छ । समयमा काम नभएपछि गत जेठमा सडक विभागले ठेक्का तोड्ने निर्णय गरेको थियो तर…