काठमाडौं महानगरले ३ वटा सडक खण्डलाई एकतर्फी बनाउने

काठमाडौं । काठमाडौं महानगरपालिकाभित्रका ३ वटा सडक खण्डलाई एकतर्फी बनाइने भएको छ । कमलादी मोडबाट प्रज्ञाभवन हुँदै घण्टाघर निस्किने सडक र दरबारमार्गस्थित महेन्द्र शालिकबाट कृष्णपाउरोटी चोकभन्दा तल ९काठमाडौं प्लाजानेर० पुग्ने सडक एकतर्फी बनाउन लागिएको ट्राफिक प्रहरी प्रवक्ता राजेन्द्र प्रसाद भट्टले जानकारी दिए । यसैगरी त्रिपुरेश्वरतर्फबाट काठमाडौं–ललितपुर जोड्ने सेतोपुल (नयाँ पुल) हुँदै गुसिङ्गाल निस्किने सडक पनि…