पुनःनिर्माण नहुँदा कारागारको भवन जीर्ण

नेपालगञ्ज । बाँके जिल्ला कारागारको भवन पुनःनिर्माण नहुँदा जीर्ण बन्दै गएको छ । विसं २०२० मा स्थापना गरिएको कारागारमा कैदीबन्दी बस्ने भौतिक पूर्वाधार जीर्ण बन्दै गएकाले सुरक्षाको जोखिम बढेको कारागारका प्रमुख जेलर अर्जुनजंग शाहले जानकारी दिए । ‘कारागारको संरचना जीर्ण छन्। स्थापना हुँदा बनेका दुई भवन र पर्खाल पुराना भइसकेका छन्’, उनले भने, ‘जीर्ण भवनमा…