यातायात कार्यालयको सेवा लिन जादा पनि पटके काट्नुपर्ने

गण्डकी । गोरखा, बागलुङ, म्याग्दीलगायत जिल्लाबाट दैनिक सयौं ट्याक्सी प्रदेश राजधानी पोखरा आवत जावत गर्छन् । हरेकदिन अस्थायी रुट इजाजत (पटके) लिएर ट्याक्सी गुडाउनुपर्ने चालकको बाध्यता छ । ट्याक्सीलाई २ जिल्लामात्र चल्ने अनुमति छ । तेस्रो जिल्ला छिर्दा प्रतिकिमि २ रुपैयाँका दरले पटके शुल्क तिनुपर्छ । यातायात कार्यालयको सेवा लिनसमेत पटके काटेर जानुपर्ने अवस्था रहेको…