८ वर्षमा पनि कालोपत्रे हुन नसकेको ३ किलोमिटर सडक

गुल्मी । गुल्मीको सदरमुकाम तम्घास नजिकैको ३ किलोमिटर सडक कालोपत्रे गर्ने काम गत ८ वर्षदेखि अलपत्र परेको छ । खाम्सेपानी‐नयाँगाउ‐नादी‐सूर्यटारी सडकअन्तर्गत ३ किलोमिटर सडक ८ वर्षदेखि कालोपत्र नहुँदा अलपत्र परेको हो । निर्माण व्यवसायीले उक्त सडकको काम गर्ने भनी सात पटकसम्म म्याद थप गर्दा पनि हालसम्म निर्माण सम्पन्न हुन नसकेको पुर्वाधार विकास कार्यालय गुल्मीले जनाएको…