आफ्नै गृह जिल्लाको सडकमा गाडी फसेपछि बाबुराम भट्टराईले पोखे दुखेसो

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेसपा अध्यक्ष डा. बाबुराम भट्टराईको गाडी आफ्नो गृह जिल्लाको सडकमा फसेको छ । हिलाम्मे सडकमा गाडी फसेको तस्बिरसहित डा. भट्टराईले सामाजिक सञ्जालमा दुखेसो पोखेका छन् । गोरखाको भीमसेन गाउँपालिका–६ रिपमा उनको गाडी फसेको हो । सामाजिक सञ्जालमा उनले लेखेका छन् 'गोरखा भीमसेन गापा-६ रिपमा पटक पटक गाडी फसेको कटु अनुभव…