ओछ्यानमै मृत भेटिए प्रहरी चौकीका इन्चार्ज

विराटनगर । धनकुटाको एक प्रहरी चौकीका इन्चार्ज सुतेकै अवस्थामा मृत भेटिएका छन् । धनकुटाको चौबिसे गाउँपालिकामा रहेको मुढेबास प्रहरी चौकीका इन्चार्ज सहायक प्रहरी निरीक्षक ४१ वर्षीय प्रकाश चौधरी मृत अवस्थामा भेटिएका हुन् । कोठामा सुतेको अवस्थामा चौधरी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।मोरङ घर भएका उनलाई ओछ्यानमा घोप्टो परेर सुतेको…