पुल छैन ! उर्लिँदाे भेलमा पाैडी खेल्दै विद्यालय पुग्छन् बालबालिका

बैतडी । पुल नहुँदा बैतडीको सिगासका बालबालिका जोखिमपूर्णरूपमा खोला तरेर विद्यालय जान बाध्य भएका छन् । सिगास गाउँपालिका–६ मा रहेको गणेश माध्यमिक विद्यालय मौरीबगरमा अध्ययनरत विद्यार्थी न्वाघरीगाड खोलामा पुल नहुँदा जोखिम मोलेर विद्यालय जान बाध्य भएका हुन् । उक्त खोलामा रहेको आरसिसी पुल २ वर्षअघि बगाएको वडा नं ६ का वडाध्यक्ष तेजबहादुर साउदले बताए ।…