सिन्धुपाल्चोक । प्रस्तावित संघीय निजामती ऐनको मस्यौदाप्रति विमति जनाउँदै सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाका कर्मचारीले आन्दोलनको घोषणा गरेका छन् । स्थानीय तहमा कार्यरत कर्मचारीहरूको सेवा सुविधा र वृद्धि विकासको सुनिश्चितता नभएको भन्दै आन्दोलित भएका हुन् । गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत रेवन्त दाहाललाई मंगलबार ८ बुँदे मागसहितको संयुक्त विज्ञप्ति बुझाउँदै कर्मचारीहरूले आन्दोलनको घोषणा गरेका छन् । उनीहरूले राखेको…