आगलागीमा परी गोठमा खेलिरहेका २ जना बालबालिकाको मृत्यु

अछाम । अछाम जिल्लाको मेल्लेख गाउँस्थित एउटा गोठमा खेलिरहेका दुई जना बालबालिकाको आगलागीमा परी मृत्यु भएको छ। बुधबार साँझ जिल्लाको मेल्लेख गाउँपालिका–३ ठाटी दर्बा निवासी जयबहादुर बुढा र झंकरे बुढाको खरले छाएको गोठमा आगलागी हुँदा ६ वर्षीया निरूता बुढा र ३ वर्षीय अंकीत बुढाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी सन्तोष पाठकले जानकारी…