शेरबहादुरले गरे ८ महिनाकी गर्भवती श्रीमतीको हत्या

चितवन । नवलपुरको हुप्सेकोटका एक व्यक्तिले गर्भवती श्रीमतीको हत्या गरेका छन् । जिल्लाको हुप्सेकोट गाउँपालिका वडा नं. ६ बिरुखर्कका ३३ वर्षका शेरबहादुर लम्कामगरले ३४ वर्षीया श्रीमती चनिसरा लम्कामगरको हत्या गरेका हुन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार आज बिहान एक बजे शेरबहादुरले घरमै सुतिरहेकी श्रीमती चनिसरालाई कोदालो र खुर्पा प्रहार गरेर हत्या गरेका हुन् ।…