नर्जाखानीका विद्यार्थीलाई विद्यालयमै आवासीय सुविधा

बागलुङ । तमानखोला गाउँपालिका–६ नर्जाखानीका विद्यार्थीलाई दैनिक ६ घन्टा हिँडेर विद्यालय पढ्न जानुपर्ने बाध्यता थियो । तमानखोला–६ नर्जाखानीका विद्यार्थीलाई गाउँपालिकाले विद्यालयमै आवासीय सुविधा दिएपछि पढ्नका लागि दैनिक ६ घन्टा हिड्नुपर्ने बाध्यता हटेको छ । भौगोलिक विकटताका कारण नर्जाखानी, पात्ले र भित्रीवन गाउँबाट दैनिक ६ घन्टा हिँडेर वडा नं ५ खुङ्खानी स्थित शान्ति माध्यमिक विद्यालयमा पढ्दै…