काठमाडौं । पोखराको मित्रमिलन बचत तथा ऋण सहकारी संस्थाको स्याङ्जामा शाखा विस्तार अनुमति दिँदा घुस लिएको आरोप लागेका उदयबहादुर पराजुली पुर्पक्षका लागि कारागार चलान भएका छन्। जिल्ला अदालत कास्कीमा मंगलबार भएको थुनछेक बहसमा अदालतले पराजुलीसहित सहकारीका चार जनालाई थुनामा पठाउने आदेश दिएको अदालतका स्रेस्तेदार रूद्रप्रसाद अर्यालले जानकारी दिए। पराजुली सहकारी डिभिजन कार्यालय गण्डकीका प्रमुख भएका…