काठमाडौंको सबैभन्दा ठूलो चिनी गोदाम सिल, ७० हजार किलो चिनी भेटियाे

काठमाडौं । काठमाडौंको सबैभन्दा ठूलो चिनी गोदाम सिल गरिएको छ । कालोबजारी गरेको आरोपमा वाणिज्य विभागले कुलेश्वरमा रहेको गृहेश्वरी ट्रेडलिंकको गोदाम सिल गरेको हो । उक्त गोदाममा करिब ७० हजार किलो चिनी भण्डारण गरेको भेटिएको हो । कृत्रिम भण्डारण गरेर राखिएको र लेबल नबुझिने भएको चिनीको गोदाम सिल गरेर चिनीको गुणस्तर परिक्षणका लागि पठाइएको छ…