काठमाडौं । सवारी अनुशासन उल्लंघन र तीव्र गति सवारी दुर्घटनाको मुख्य कारण रहेको ट्राफिक प्रहरीले निष्कर्ष निकालेको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले गरेको सवारी दुर्घटनाको विश्लेषणमा अधिकांश दुर्घटना तीव्र गति, ट्राफिक संकेत वा इशाराको उल्लंघन रहेको पाइएको हो। पछिल्लो पाँच वर्षमा देशभर झन्डै १३ हजार मानिसको गाडी दुर्घटबाट मृत्यु भएको छ। हजारौं घाइते भएका…