प्रदेश प्रहरी अस्पताल ४ वर्षदेखि अलपत्र

कास्की । पोखरा महानगरपालिका-७ मुस्ताङचोकमा चार वर्षदेखि निर्माणाधीन गण्डकी प्रदेश प्रहरी अस्पताल बजेट अभावमा अलपत्र परेको छ । सेवारत एवं भूपु प्रहरी र उनीहरूका परिवारको औषधि उपचार गर्ने उद्देश्यले विस २०७७ मा निर्माण सुरु गरिएको उक्त अस्पतालको भवन निर्माण आवश्यक बजेट बिनियोजन नहुँदा पूरा हुन नसकेको हो । उक्त अस्पतालको भवन निर्माणमा रु छ करोड…