किसानले गत साउन १५ देखिकाे दूधकाे पैसा पाएनन्

इलाम । इलामका किसानले दुग्धजन्य पदार्थको निकासी र भुक्तानीमा देखिएको समस्या समाधानका लागि पहल गर्न इलाम नगरपालिकासँग माग गरेका छन्। इलाम नगरपालिकाद्वारा आयोजित ‘इलाम नगर क्षेत्रभित्र दुग्ध क्षेत्रमा देखिएको समस्या र समाधान’ विषयक अन्तरक्रिया कार्यक्रममा सहभागीले पछिल्लो पाँच महिनादेखि दूध र दुग्धजन्य पदार्थको भुक्तानी नहुँदा समस्या भोग्नुपरेको गुनासो गरेका थिए। इलाम–५ का किसान वीरबहादुर अधिकारीले…