बारा । बाराको निजगढ नगरपालिकाले विरामीको घरघरमै पुगेर निःशुल्क उपचार शुरु गरेको छ । ‘जेष्ठ नागरिक, दीर्घरोगी, अशक्त, अपाङ्गसँग निजगढ नगरपालिका’ कार्यक्रममार्फत नगरपालिकाले विरामीहरुको घरमै पुगेर सेवा दिन सुरु गरेको हो । स्वास्थ्य संस्थासम्म पुग्न नसक्ने ६८ वर्ष माथिका, गम्भीर रोग लागि ओछ्यानमा परेका, शारीरिक अशक्तता कारण स्वास्थ्य संस्थासम्म पुग्न नसकेका नागरिकलाई स्वास्थ्य पहुँच विस्तार…