बर्दिया । राजपुर नगरपालिका–७ स्थित श्री सरस्वती बाल प्राथमिक विद्यालय शंकरपुरका प्रधानाध्यापकविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । हाजिरी गराउन सहजीकरण गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग १४ हजार ५ सय घुसररिसवत लिएको आरोपमा प्रधानाध्यापक लक्ष्मीदेवी उपाध्यायविरुद्ध आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो । उपाध्यायले सेवाग्राहीलाई जागिरमा बहाल गराउनका लागि घुस…