कैलाली । कैलालीको टीकापुर नगरपालिकाका उपप्रमुख खडकबहादुर शाह निलम्बनमा परेका छन्। सार्वजनिक जग्गा घोटलामा मुछिएपछि उपप्रमुख शाह निलम्बनमा परेको नगर प्रमुख रामलाल डगौरा थारूले जानकारी दिए। टीकापुर जग्गा घोटाला काण्डमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले शाहलाई निलम्बन गर्न नगरपालिकाको कार्यालयमा पत्र पठाएको थियो। सो पत्र प्राप्तपछि नगरकार्यपालिकाको बैठक बसेर उनलाई निल्मबन गरिएको हो। फागुन १८ गते…