काभ्रे । काभ्रेमा चितुवाले मारिएको आशंका गरिएको एक वृद्धाको हत्या भएको खुलेको छ। गत मंसिर ३० गते मण्डनदेउपुर नगरपालिका वडा नम्बर १० हल्देमा स्थानीय ६५ वर्षीया कान्छी दमाई मृत भेटिएकी थिइन्। टाउकोमा कोतरेको जस्तो घाउ देखिएकोले चितुवाले आक्रमण गरेको अनुमान प्रहरीको थियो। जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी राजकुमार श्रेष्ठका अनुसार जंगली जनावरको आक्रमणले उनको मृत्यु…