दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिकाले दसैंलाई लक्षित गरी घरदैलोमा पुगेर लाभग्राहीलाई ज्येष्ठ नागरिक भत्ता वितरण गरेको छ। गाउँपालिकाले चालु आव २०८०/८१ को प्रथम त्रैमासिकको सामाजिक सुरक्षा भत्ता घरदैलोमा पुगेर वितरण गरेको हो। नेपालीको महान् पर्व बडादसैं सुरु भइसकेको र ज्येष्ठ नागरिकले दसैं खुसीसाथ मनाउन सकून् भन्ने उद्देश्यसहित घरदैलोमा नै पुगेर भत्ता वितरण गरिएको प्रमुख प्रशासकीय…