काठमाडौं । नेपालगञ्जमा लगाइएको कर्फ्यु र निषेधाज्ञा पूर्ण रुपमा हटाइएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले विज्ञप्ति जारी गर्दै असोज १६ गते दिउँसो १ बजेदेखि लगाइएको कर्फ्यु र निषेधाज्ञा आजदेखि पूर्ण रुपमा हटाएको जानकारी दिएको हो । विज्ञप्तिमा भनिएको छ, ‘‘जिल्लाको शान्ति सुरक्षाको अवस्था हाल सामान्य रहेको हुँदा मिति २०८०/६/२३ गते बिहान ४ बजेदेखि पूर्ण…