काठमाडौं । प्रहरीले काठमाडौं उपत्यकामा दसैँलक्षित विशेष सुरक्षा योजना बनाएर सुरक्षा व्यवस्थालाई कडा बनाउने भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख भूपेन्द्रबहादुर खत्रीले उपत्यकाका विभिन्न भिडभाड हुने स्थानमा पर्याप्त जनशक्तिको व्यवस्था गरी उच्च प्रविधिमार्फत सीसीटीभी,ड्रोन र गोप्रोबाट सुरक्षा निगरानी बढाउने बताएका हुन् । चाडपर्वमा हुने विभिन्न अपराधीक घटनालाई मध्यनजर गरी प्रविधिको सहायतामा नागरिकलाई सुरक्षित…