भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिकाको बजार अनुगमन समितिले सोमबार नगरपालिकाको वडा नम्बर ६ नगरकोट एरियामा रहेको मिनीमार्ट र खाद्य पसल अनुगमन गरेको छ । उपभोक्ताको हित संरक्षणनार्थ त्यहाँं रहेका क्षेत्रको मार्ट र पसल अनुगमन गरिएको हो । बजार अनुगमनको संयोजक एवं नगर उपप्रमुख रमेश बुढाथोकीको नेतृत्वमा सरोकारवालासहित अनुगमन गरिएको अधिकृत सुरज पौडेलले जानकारी दिए ।…