३३२ पालिकाले ६ अर्ब विद्युत् महसुल तिरेनन्, काठमाडौंको सबैभन्दा धेरै

काठमाडौं । सडक बत्तीका लागि विद्युत् उपभोग गरेका देशभरका ३ सय बढी स्थानीय तहले विद्युत् महसुल नतिरेको प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार २०८० असार मसान्तसम्म पालिकाहरूले सडक बत्तीका लागि विद्युत् उपभोग गरेबापत ६ अर्ब ८ करोड ९४ लाख रुपैयाँ रकम भुक्तानी गरेका छैनन्। महसुल नतिर्नेमा महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाहरू छन्। सहरी तथा बस्ती भएको…