लुम्बिनीमा घुँडाको प्रत्यारोपण निःशुल्क

लुम्बिनी । बुद्धजन्मस्थल लुम्बिनी र आसपासका बिरामीलाई केन्द्रित गरी मानव अङ्ग प्रत्यारोपणमा निक्कै महँगो र जटिल उपचार मानिने घुँडाको प्रत्यारोपणको निःशुल्क सेवा प्रदान गरिएको छ । थाइल्याण्डस्थित बुद्धको पहिलो पाइला नामक परियोजनाअन्तर्गत लुम्बिनी क्षेत्रका ३२ बिरामीको निःशुल्क घुँडा प्रत्यारोपण गरिएको हो । लुम्बिनीस्थित राजकीय थाई विहारको समन्वय र थाइलयाण्डका बौद्ध ध्यानगुरु सुधर्मगुरु र सिरीराज अस्पताल…