स्याङ्जा । विभिन्न माग राखेर आन्दोलनमा उत्रिएका स्थानीय तहका कर्मचारीले शुक्रबारदेखि ‘पेन डाउन’ गरेर विरोधमा उत्रेका छन् । स्याङ्जाका ११ वटै स्थानीय तहका कर्मचारीले शुक्रबार हातमा कालो पट्टी बाँधेर अत्यावश्यक कामबाहेक सेवा ठप्प गरेर आन्दोलनमा उत्रिएका हुन् । पालिकाको मूल गेटमा कालो ब्यानरमा विरोध जनाउँदै हातमा प्लेकार्ड बोकेर आफ्ना माग पूरा गर्न सरकारलाई दबाब दिएका…