तीजमा पशुपतिनाथका ४ ढोका बिहान ३ बजेबाटै खुल्ने, गरगहना लगाएर नजान आग्रह

काठमाडौं । यस वर्षको हरितालिका तीजका अवसरमा पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनका लागि पशुपति क्षेत्रमा सबै तयारी पूरा भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । कोषले आज पत्रकार सम्मेलन आयोजना गरी मन्दिर प्रवेश गर्ने भक्तजनका लागि आवश्यक सम्पूर्ण तयारी पुरा भएको जानकारी दिएको हो । हिन्दूहरुको महान् पर्व हरितालिका तीजका अवसरमा पशुपतिनाथको दर्शनार्थ पुग्ने…